Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुशलले तोडे पारसको कीर्तिमान, ऐरीको पनि अर्धशतक पुरा

काठमाडौं । नेपाली किर्केटका ओपनर कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध अर्धशतक पूरा गर्दै पूर्व कप्तान पारस खड्काको कीर्तिमान तोडेका छन् ।

ओमानमा जारी खेलमा कुशलले ३२ बलमा ५२ रन बनाए । उनले ९ चौका हिर्काए ।

उनले आफ्नो टि-२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका हुन् ।

कुशल नेपालबाट टि-२० आईमा सर्वाधिक अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् । उनले पारस खड्काको नाममा रहेको ४ अर्धशतकको कीर्तिमान तोडेका हुन् ।

जारी खेलमा नेपालले १६ ओभरमा २ विकेट गुमाउँदै १८२  रन बनाएको छ । क्रिजमा ओपनर कुशल भुर्तेल ९३ रनमा अविजित छन् ।

उनलाई दीपेन्द्रसिंह ऐरीले ६५ रनमा साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077