Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वेस्ट इन्डिजसँगको टी–२० श्रृङ्खला भारतले एक खेल अगावै जित्यो

एजेन्सी । भारतले दोस्रो टी–२० श्रृङ्खलामा वेस्ट इन्डिजलाई पराजित गरेको छ । पाहुना टोली वेस्ट इन्डिजलाई भारतले गएराति भएको खेलमा ८ रनले पराजित गरेको हो ।

योसँगै भारतले तीन खेलको टी–२० श्रृङ्खला एक खेल अगाडि नै हात पारेको छ । गएराति भएको खेलमा १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनायो । वेस्ट इन्डिजका रोभम्यान पावेलले ६८ रनको अविजित अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । निकोलस पुरन ६२ रनमा आउट भए ।

भारतका भुवनेश्वर कुमार, युजभेन्द्र चहल र रवि विश्रोईले एकरएक विकेट लिए । त्यसअघि कोलकातामा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो। भारतका ऋषभ पन्त ५२ रनमा अविजित रहे । विराट कोहली ५२ रनमा आउट भए ।

वेस्ट इन्डिजका रोस्टन चेशले ३ विकेट लिए । रोमारियो शेफर्ड र शेल्डन कटरेलले एक/एक विकेट लिए । भारत पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टी–२० खेल आइतबार हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077