Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोबाइलमा दलाई लामाको तस्बिर राख्ने तिब्बती युवाहरूलाई चीनले गर्यो पक्राउ

काठमाडौँ । पूर्वी तिब्बतमा चिनियाँ प्रहरीले आफ्नो मोबाइलमा दलाई लामाको तस्बिरलगायत धेरै कुरा भेटेपछि ठूलो संख्यामा तिब्बती युवाहरूलाई पक्राउ गरेको छ । मोबाइलमा लामाको तस्बिर राखिनु चीनले अपराध मान्दै आएको छ, जसका कारण उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तिब्बती रिपोर्टका अनुसार पक्राउ गरिएका युवाहरूलाई निकै दुर्गम ठाउँमा चिनियाँ सेनाद्वारा सञ्चालित श्रम शिविरमा लगिएको छ । जहाँबाट गएपछि फर्किन असम्भव रहेको बताइन्छ।

जनवरीमा पक्राउ परेका उनीहरुमाथि लिखोग सहरको प्रहरीले उनीहरुको मोबाइल फोन समेत बरामद गरी अनुसन्धान गरेको थियो । कतिपयलाई श्रम शिविरमा राखिएको थाहा भएपनि बाँकीको बारेमा भने केही जानकारी नआएको रिपोर्टमा उल्लेख छ । लिखोगमा अधिकांश तिब्बती घुमन्ते चराउनेहरू बस्छन् र उनीहरूमध्ये अधिकांश पक्राउ परेका छन्।

दलाई लामाको तस्बिर राख्दा चीन त्रसित ?

तिब्बतीहरूको मोबाइल फोनमा प्रहरीले दलाई लामाका तस्बिरहरू फेला पारेको थियो । जसका कारण उनीहरूलाई चीन बाहिर बस्ने तिब्बती आन्दोलनकारीहरूसँग सम्बन्ध रहेको आरोप लगाइएको थियो ।

गत वर्षको डिसेम्बरमा चिनियाँ अधिकारीहरूले ड्र्यागोमा रहेको ३० मिटर अग्लो भगवान बुद्धको मूर्ति तोडफोड गरेका थिए । चीनको सिचुआन प्रान्त अन्तर्गत पर्ने उक्त ठाउँको प्रशासनले गुम्बामा प्रार्थना गर्ने झण्डा समेत जलाएको थियो।

घटनापछि तिब्बती बौद्ध भिक्षुहरूका साथै साधारण तिब्बतीहरूले आफ्नो क्षेत्रभर विरोध प्रदर्शनगर्दै आएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीले हालै नयाँ धार्मिक कानून लागू गरेको छ, जसअन्तर्गत ठूला आकारका धार्मिक प्रतीक वा मूर्तिहरूमाथि प्रतिबन्ध लगाइएको छ।

यो कानून गुम्बा वा मन्दिर बाहिर राखिएका धार्मिक प्रतीकहरूमा लागु भए पनि चिनियाँ प्रशासनले ड्रागोमा रहेको गुम्बाभित्रको मूर्ति पनि तोकिएको उचाइभन्दा अग्लो भएको भन्दै भत्काइदिएको थियो । जनवरीमा, प्रदर्शनमा सहभागी हजारौं तिब्बती युवाहरूलाई गिरफ्तार गरी शैक्षिक शिविरमा लगिपछि उनीहरूको ठेगाना कसैलाई थाहा नभएको रिपोर्टमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077