काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेको छ।
बिहीबार दिउँसो निर्वाचन आयोग कार्यालयमा पुगेर पार्टीका तर्फबाट महासचिव चन्दन सिंहले दल दर्ता गराएका हुन्।
यसअघि मधेश प्रदेशमा बिगत लामो समयदेखि किसान आन्दोलन चर्काइरहेको राउत नेतृत्वको पार्टीले मधेशमा किसानको माग पूरा नभएसम्म निर्वाचन जान नसकिने जनाएको थियो।
आफूहरू निर्वाचनमा जान तयार भए पनि सरकारले कमसेकम किसान आन्दोलनको माग पूरा गर्नुपर्ने उनीहरुले माग गरेका थिए।
[insert page='107659' display='yopanipadhnuhos.php']
यसअघि गत माघ २८ गते शुक्रबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँण र सीके राउतका प्रतिनिधिहरुबीच भेटवार्ता भएको थियो । भेटमा मन्त्री खाँणले जनमतले उठाएका मुद्धामा सरकार सकारात्मक भएको बताएका थिए।
[insert page='111107' display='yopanipadhnuhos.php']