Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको ढुंगेअड्डामा भेटिएका दुईवटा बम डिस्पोज, यातायात सेवा खुल्यो

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा भेटिएका दुईवटा होक्स बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको हो ।

सडक पेटीमा भेटिएका दुईवटा कुकर बम निष्क्रिय पारिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार अहिले त्यस क्षेत्रको आवागमन समेत बन्द भएको थियो । नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि अहिले सडक सुचारु भएको छ । बम कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ८ साना दलले आज पनि देशभर प्रदर्शन गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077