Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थानीय तह निर्वाचन : आयोगद्वारा आजदेखि दल दर्ताका लागि आह्वान

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ ।

आजदेखि यही फागुन १५ गतेसम्म आयोगले दल दर्ताको आह्वान गरेको हो । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरिएको आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन आउँदो वैशाख ३० गते हुने निर्णय भइसकेको छ । उक्त निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले दल दर्ता गराउनुपर्नेछ ।

ती दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुपर्ने व्यवस्था छ । हाल निर्वाचन आयोगमा १०३ वटा दल दर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077