Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोगले अब सोमबार र मंगलबार मात्र पत्रकार सम्मेलन गर्ने

काठमाडौं । निर्वाचन आयोगले हरेक हप्ता दुई दिन मात्र पत्रकार सम्मेलन गर्ने भएको छ ।

आयोगले फागुन १ गतेबाट स्थानीय तहको निर्वाचन सम्बन्धी जानकारी दिन दैनिक पत्रकार सम्मेलनको आयोजना गर्ने निर्णय गरेको थियो । तर हाललाई उक्त निर्णय स्थगित गरिएको आयोगले जनाएको छ ।

आयोगले आज एक विज्ञप्ती जारी गर्दै अब प्रत्येक सोमबार र मंगलबार अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो ।

सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गतिविधि जानकारी गराउने उदेश्यले हप्तामा दुई दिन पत्रकार सम्मेलन गर्ने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077