Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एनआईसी एशियाद्वारा आफ्ना ग्राहकहरुलाई मोबाइल नम्बर र ईमेल ठेगाना अद्यावधि गर्न अनुरोध

    एनआईसी एशियाद्वारा आफ्ना ग्राहकहरुलाई मोबाइल नम्बर र ईमेल ठेगाना अद्यावधि गर्न अनुरोध

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई खातामा रहेको मोबाइल नम्बर र ईमेल ठेगाना अद्यावधि गर्न अनुरोध गरेको छ । बैंकले आइतबार एक सूचना जारी गरी अद्यावधिका लागि अनुरोध गरेको हो ।

    बैंकले खातामा पुरानो वा हाल प्रयोगमा नरहेका मोबाइल नम्बर एवं इमेल ठेगाना अद्यावधि गर्न आग्रह गरेको हो ।



    बैंकले जारी गरेको सूचनामा भनिएको छ–‘तपाईको बैंक खातामा पुरानो वा हाल प्रयोगमा नरहेका मोबाइल नम्बर एवं ईमेल ठेगाना यथावत रहेको खण्डमा आफ्नो बैंकिङ कारोबारको विवरणहरु चुहावट हुनबाट बचाउन यथासिघ्र आफ्ना मोबाइल नम्बर एवं ईमेल ठेगाना अद्यावधि गर्नुहुन बैंक हार्दिक अनुरोध गर्दछ ।’



    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

    उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार