Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय उपभोक्ता मञ्चद्धारा जथाभावी दूधको मूल्य बढाएको भन्दै डेरी उद्योगलाई कारबाही गर्न माग

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्च नेपालले जथाभावी दूधको मूल्य बढाएको भन्दै डीडीसी, डेरी उद्योग संघ र नेपाल डेरी एसोसियसनलाई कारबाही गर्न माग गरेको छ ।

मञ्चले आज एक प्रेस विज्ञप्ति जारी गर्दै दूधमा गरिएको मूल्य वृद्धिको विरोध पनि गरेको छ ।

विजडीडीसीले गत बुधबारदेखि र निजी डेरीहरुले आइतबारदेखि लागू हुने गरी दूधको मूल्य लिटरमा ९ देखि १४ रुपैयाँसम्म बढाउने निर्णय गरेका थिए ।

सर्वसाधरण किसानले बिक्री गर्ने दूधको मूल्य वृद्धि गरिएको भनिए पनि किसानलाई झुक्याउन र उपभोक्तालाई महँगीको मारमा पार्ने गरी दूधको मूल्य निर्धारण गरिएको भन्दै मञ्चले यसलाई गैरजिम्मेवार र बदनियतपूर्ण भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077