Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • महाअभियोगबारे राजेन्द्र लिङदेनले भने- हिजो देउवा र प्रचण्ड थिए, अहिले माधव थपिए

    महाअभियोगबारे राजेन्द्र लिङदेनले भने- हिजो देउवा र प्रचण्ड थिए, अहिले माधव थपिए

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले योजनावद्ध रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको बताएका छन् ।

    सत्तारुढ दलमध्ये नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीविरुद्ध महाभियोग दर्ता गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।



    ‘स्थानीय तह चुनाव घोषणा भएपछि ५ वर्ष अघि पनि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएको थियो, आज चोलेन्द्र शम्शेरविरुद्ध,’ लिङ्देनले ट्वीटरमा लेखेका छन्, ‘फरक यत्ती भो कि हिजो महाअभियोग लगाउने पात्र शेरवहादुर देउवा र प्रचण्ड थिए अहिले माधव नेपाल थपिए ।’



    राप्रपा अध्यक्ष लिङ्देनले सत्तारुढ दलहरुले योजनाबद्ध रुपमा महाभियोग दर्ता गरेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार