Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँचथरको यासोक बजारमा आगलागी, आगो निभाउने प्रयास जारी

काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा आगलागी भएको छ ।

आज साँझ पौने ८ बजे यासोक बजारमा झरेन्द्र खतिवडाको घरबाट आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार घरसँगैका अन्य घर पक्की भएकाले आगो ठूलो रुपमा फैलिन पाएन् । आगलागी नियन्त्रणको प्रयास जारी छ।

तर खाना पकाउने ग्यास सिलिण्डर पड्किएर आगो निभाउन समस्या भएको छ। आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077