Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोगले फागुन १ गतेदेखि चुनावबारे दैनिक ‘प्रेस ब्रिफिङ’ गर्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी पालिका तहको चुनाव र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन सञ्चार माध्यमलाई जानकारी गराउने भएको छ ।

कान्तिपथमा रहेको आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ ।

चुनावका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा चुनावसँग सम्वन्धित अन्य विषयमा सञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले “प्रेस मीट” गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए ।

पालिका तहको चुना यसअघि नै आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ । दैनिकरुपमा सञ्चारमाध्यम मार्फत सम्पूर्ण नेपालीलाई चुनाव गतिविधि अद्यावधिक गरी चुनाव वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता सञ्चारकर्मी भेटघाट राखिएको उनले बताए ।

दैनिकरुपमा हुने प्रेस मीटले चुनाव सम्बन्धमा आउन सक्ने भ्रमपूर्ण विषयवस्तुलाई चिर्न समेत सहयोग पुग्नेछ । दैनिक प्रेस ब्रिफिङबाट समयको सही उपयोगका साथै सूचना प्राप्त गर्ने विषयमा हुन सक्ने अलमल अन्त्य हुने आयोगले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077