Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते, तीनको अवस्था गम्भीर

दाङ । दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना भएको छ ।

भारत उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परेर २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते सबैको लमहीमा उपचार भइरहेको बताइएको छ । जीप हिजो बेलुका गढवा गाउँपालिका वडा नम्बर–५ चिसापानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077