दाङ । दाङको तुलसीपुरस्थित जुत्ता चप्पलको गोदाम भएको भीषण आगलागीबाट मृत्यु भएकाहरुको पहिचान खुलेको छ । गएराती २ बजेदेखि इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा लागेको आगोमा परेर मृत्यु भएका पाँच जनाको पहिचान खुलेको हो ।
मृत्यु हुनेमा एक महिला, दुई पुरुष र दुई बालबालिकाको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय,अबिददिन अलि, १३ वर्षीया सजिता खातुन र १४ वर्षीय हसन बकसको मृत्यु भएको हो ।
मृतकहरुको शव जलेको अवस्थामा निकालिएको छ । मृतकको शव अहिले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले बताएको छ ।
करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो ।
Leave a Reply