Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तुलसीपुरको जुत्ता पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा निस्सासिएर पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान २ बजेतिर आगलागी हुँदा कोठा भाडामा लिएर बसेका पाँच जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु आर्यालले जानकारी दिए ।

घटनास्थलमा दाङका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलगायतको टोली पुगेको छ । आगलागी परी मृत्यु हुनेमा १० बर्षीय एक बालक, १५/१५ बर्षीय दुई बालक र एक बालिका तथा करिब ५५ बर्षीय एक पुरुष रहेको प्रारम्भिक विवरण आएको उनले बताए । मृततको सनाखत हुन भने बाँकी रहेको छ ।

आगो केही नियन्त्रणमा आएपछि बिहान साढे ७ बजेतिर शब निकालिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077