Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोगमा १ सय ५ दल दर्ता, अझै नयाँ दल दर्ता गर्न पाइने

काठमाडौं । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको छ ।

राजनीतिक दलको दर्ता कायम राख्दै उनीहरूलाई दलको मान्यता दिने सरकारी निकाय निर्वाचन आयोगमा हाल १ सय ५ दल दर्ता छन् । आयोगमा दर्ता भएका र आयोगले तोकेको मापदण्ड पूरा गरेका दलहरूले मात्रै निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।

आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामासमेत दल दर्ता जारी रहने बताएको हो । आयोगका अनुसार स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशित हुनुअघिसम्म नयाँ दल दर्ताका लागि निवेदन दिने दलहरूले निर्वाचनमा भाग लिन पाउने भनेको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले दल दर्ता एकदिन पनि नरोकिने जानकारी दिए । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077