Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चाबहिलमा कमल थापा पक्षको छुट्टै भेला, लिङ्देनसँग अलग हुनेबारे छलफल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ ।

सोमबार दिउँसो चाबहिलस्थित ओम दुर्गा पार्टी प्यालेसमा सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् ।

पार्टीको महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्वअध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको उनी निकट नेताहरुको बुझाई छ ।

थापाले राप्रपामा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै आफ्नो मागलाई बेवास्ता गरिएको आरोप लगाएका थिए।

तर, शनिबार थापा र लिङ्देनबीच वार्ता भएको थियो। वार्तामा लिङ्देनले थापालाई पत्रबारे पार्टीमा छलफल गर्ने बताएका थिए।

[insert page='112487' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077