Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिलो एकदिवसीय खेल : भारतद्धारा वेस्ट इन्डिज ६ विकेटले पराजित

एजेन्सी । भारतले पहिलो एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई पराजित गरेको छ । आइतबार भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।

अहमदाबादमा एक सय ७७ रनको लक्ष्य भारतले २८ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । भारतका लागि कप्तान रोहित शर्माले ६० रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेफले दुई र अकिल होसिनले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३ ओभर पाँच बलमा अलआउट हुँदै एक सय ७६ रन मात्रै बनायो । उसका लागि ज्यासन होल्डरले सर्वाधिक ५७ रन बनाए ।

भारतका यजुवेन्द्र चहालले चार, वाशिङ्टन सुन्दरले तीन, प्रसिद्ध कृष्णले दुई र मोहम्मद सिराजले एक विकेट लिए । तीन एकदिवसीय र तीन वटा टी–२० खेलको शृङ्खला खेल्न वेस्ट इन्डिज भारत भ्रमणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077