Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशमा नेकपा एसबाट एक जना राज्यमन्त्री थपिए

रामनारायण यादव / जनकपुरधाम । मधेस प्रदेश सरकारले एक जना राज्यमन्त्री थपेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले नागेन्द्रराय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री बनाएका हुन् । प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतबाट यादवलाई सपथ गराइएको छ ।

यादव तत्कालीन नेकपा एमालेको तर्फबाट रौतहट क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित भएका थिए ।

नेकपा एसबाट यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो र प्रमोद कुमार यादव कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री २०७८ मंसिर ५ मा नियुक्त भएका छन् ।

योसँगै मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ । मधेश प्रदेशमा नेकपा एकीकृत समाजवादीलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको थियो ।

मधेस प्रदेशमा जसपा, नेपाली कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र सरकार रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077