Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्यूठान जिप दुर्घटना अपडेट : आठजना मृतकको सनाखत [नामावलीसहित]

काठमाडौं । प्यूठानमा जिप दुर्घटना हुँदा मृत्यु हुने आठ जनाको सनाखत भएको छ । शनिबार बिहान लिवाङको ओखरपाटामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने आठ जनाकै सनाखत भएको हो ।

दुर्घटनामा परी एकै परिवारका श्रीमान, श्रीमती र छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएकोे छ । गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको बुझिएको छ ।

यस्तै मृतक २९ वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्काको पनि पहिचान खुलेको छ । यस्तै नौ बाहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी छन् । दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइते भएका ५ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार हुँदै गरेको प्रहरीले जनाएको छ ।

आज बिहान नौबहिनी गाउँपालिकाको लुङबाट दुलही लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप लिवाङको ओखरपाटामा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077