Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्यूठान जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो, ५ घाइते

काठमाडौं । प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियोे ।

भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेले जानकारी दिए ।

दुर्घटनामा ७ जना गम्भीर घाइते थिए । त्यसमध्ये दुई जनाको मृत्यु भएको हो भने अन्य पाँच जनाको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।

दुर्घटना शनिबार विहान ३ बजेतिर भएको प्रहरीले जनाएको छ । मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077