Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गाडी भाडा बढाउन यातायात व्यवसायीको माग

    गाडी भाडा बढाउन यातायात व्यवसायीको माग

    अनलाइन नेपाल
  • शनिबार, २२ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले विभिन्न समयमा पटकपटक गरेर पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीले गाडी भाडा वृद्धि गर्नुपर्नेमा जोड दिन थालेका छन् ।

    नेपाल आयाल निगमले अन्तर्राष्ट्रियस्तरमा नै मूल्यवृद्धि भएको भन्दै विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको छ । यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको बढेको मूल्यअनुसार भाडा समायोजन हुनुपर्ने बताएका हुन् । उनीहरूले अहिलेको अवस्थामा पुरानो भाडाअनुसार लागत नै उठाउन समस्या परेको तर्क गरेका छन् ।



    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा लागत उठाउन समस्या देखिन थालेको बताएका छन् । मूल्यवृद्धिअनुसार वैज्ञानिक भाडा समायोजन हुनुपर्नेमा उनको जोड छ ।



    व्यवसायीहरूले सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरूप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत रहेको बताएका छन् । राजधानी दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार