Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध कैलालीमा विरोध प्रदर्शन

कैलाली । धनगढीमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध विरोध प्रदर्शन गरिएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र एमसीसीको विरोधमा राष्ट्रिय युवा संघ नेपाल कैलालीले विरोध प्रदर्शन गरेको हो ।

मूल्यवृद्धि फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय कैलाली अगाडी विरोध प्रदर्शन गरिएको हो ।

‘मूल्यवृद्धि फिर्ता गर, एमसीसी सम्झौता खारेज गर, स्थानीय तहको निर्वाचन घोषणा गर, परमादेशी सरकार मुर्दावाद’ जस्ता नारासहित धनगढीको पार्कमोडबाट र्‍यालीसहित कोण सभा गरिएको थियो ।

कोण सभालाई युवा संघ सुदूरपश्चिम प्रदेशका उपसचिव नवराज आचार्य, कैलालीका इन्चार्ज अरुण कुँवर, केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विनय शाह र कैलालीका अध्यक्ष गणेश महराले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077