Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

१८ वर्षमा पहिलो पटक घटे फेसबुकका दैनिक प्रयोगकर्ता

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले आफ्नो १८ वर्षको इतिहासमा पहिलो पटक दैनिक सक्रिय प्रयोगकर्ता (DAUs) को संख्यामा गिरावट आएको रिपोर्ट सार्वजनिक गरेको छ।

फेसबुकको मूल कम्पनी मेटा नेटवर्क्सले डिसेम्बरको अन्त्यसम्मको तीन महिनामा दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ३० करोड (बिलियन) बाट घटेर १.९२९ अर्ब (बिलियन) पुगेको बताएको छ ।

टिकटक र युट्युब जस्ता प्रतिद्वन्द्वीहरूको तुलनामा कम प्रयोगकर्ता र आम्दानी दर पनि कम हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार सोही समयमा, विज्ञापन कम्पनीहरूले आफ्नो खर्च समेत कटौती गरिरहेका छन्।

रिपोर्टका अनुसार मेटा शेयरहरू न्यूयोर्कमा घण्टा पछिको व्यापारमा २०% भन्दा बढी घटेको छ ।  मेटाको शेयर मूल्यमा आएको गिरावटले कम्पनीको शेयर बजार मूल्यमा २०० अर्ब डलरभन्दा बढीको नोक्सान भएको छ ।

फेसबुकसँगै ट्विटर, स्न्याप र पिनट्रेसलगायत अन्य सामाजिक मिडिया प्लेटफर्महरूको शेयरमा पनि तीव्र गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077