Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यी नौ जना एमालेको प्रचार विभागमा मनोनीत [नामावलीसहित]

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा नौ जना सदस्य मनोनीत गरेको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार विभागमा नौ जना सदस्य मनोनीत गरेको हो ।

यसअघि मंसिरमा बसेको केन्द्रीय समिति बैठकले प्रचार विभाग प्रमुखमा र उपप्रमुखमा विष्णु रिजाललाई मनोनीत गरेको थियो । गुरुङ एमालेका उपमहासचिव हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् ।

थपिएका सदस्यहरूमा गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी, महेश दास र रोशन खड्का छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077