Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • धनगढीमा विद्यार्थी र प्रहरीबीच झडप, इन्स्पेक्टर जैसी घाइते

    धनगढीमा विद्यार्थी र प्रहरीबीच झडप, इन्स्पेक्टर जैसी घाइते

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 2.7K
    SHARES

    कैलाली । पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थी संगठन र प्रहरीबीच धनगढीमा झडप भएको छ ।

    बुधबार अपरान्ह अनेरास्ववियु र राष्ट्रिय युवा संघले संयुक्त रुपमा आयोजना गरेको बिरोध र्‍याली धनगढीस्थित सुदूरपश्चिम प्रदेश मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर रोकिएको थियो ।



    प्रदर्शनमा निस्केका बिद्यार्थीहरुले मुख्यमन्त्री कार्यालय अगाडि राके जुलुस निकाल्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्न खोज्दा झडप भएको हो ।



    प्रहरीले लाठी चार्ज गरेपछि विद्यार्थीले ढुंगा हानेका थिए । आन्दोलनरत विद्यार्थीले प्रहार गरेको ढुंगा लागेर वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) गौरी जैसी र एक जना प्रहरी जवान घाइते भएका छन् ।

    प्रदर्शनका क्रममा विद्यार्थीले मुख्यमन्त्री राजीनामा दे, प्रधानमन्त्री मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्तागर भन्दै नाराबाजी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार