काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
आज रातिदेखि १२ बजेबाट लागू हुनेगरि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको भाउ बढाएको हो । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेर आएको छ ।
समायोजित मूल्य अनुसार अब पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ बढेर १४२ कायम भएको छ। त्यस्तै डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेको छ। समायोजित मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको ।
त्यस्तै आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँले भाउ बृद्धि गरेर ११६ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाइ इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर सयले बृद्धि गरेर एक हजार ९५ कायम भएको छ।