Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद्‌ बैठक : अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्‌को बैठकले अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको थियो ।

जसमा पहिलो, दोस्रो र तेस्रो नम्बरमा क्रमश सहसचिव दंगाल, मुकुन्दप्रसाद निरौला र विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको हो ।

सोही अनुसार आज बसेको मन्त्रिपरिषद्‌को बैठकले पहिलो नम्बरमा सिफारिस भएका दंगाललाई सचिवमा बढुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077