Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम जिप दुर्घटना प्रकरण: मृतकको चार लाख नगद र सुनको औँठी गायब

झापा । गत माघ १२ गते इलामको रोङ गाउँपालिका–४ पहिरोमा परी  जिप दुर्घटनामा मृत्यु भएकाहरुको ४ लाख नगद र सुन हराएको छ ।

दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापाले ज्यान गुमाएका थिए ।

मृतकका भाइ मनोजकुमार थापाका अनुसार इलामबाट खसीबाख्रा खरीद गरी झापामा ल्याएर बिक्री गर्ने थापा दाजुभाइको साथमा रहेको करिब ४ लाख रुपैयाँ नगद र आधा तोलाको सुनको औँठी हराएको हो ।

उनका अनुसार थापा दाजुभाइ १२ माघमा बिहान ४ बजे खसी किन्न इलामतिर गएका थिए । ‘परिवारलाई ५: ५५ बजे दुर्घटना भएको खबर भयो, लगत्तै त्यहाँ गएका थियौ’ उनले भने,  ‘दाजुको साथमा रहेको करिब चार लाख रुपैयाँ र औंठी त्यहाँ थिएन ।’

जिल्ला प्रहरी कार्यालय, इलाम स्रोतका अनुसार पीडितले दिएको सूचनाको आधारमा हराएको भनिएको नगद र सुनको खोजी भइरहेको छ । घटनामा जिप चालक ३३ वर्षीय अर्जुन कोइराला घाइते भएका छन् ।

प्रहरीका अनुसार जिप अनियन्त्रित भएर ५ सय मिटर तल खसेको थियो । दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077