Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल आफ्नै पार्टीबाट निष्कासित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई पार्टीबाट निष्कासन गरिएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा सर्वोच्च अदालतबाट भंग गराउने हतियार बनेको कट्टेल आफैं सो पार्टीबाट निष्कासनमा परेका हुन् ।

नेकपाले कट्टेललाई माघ १३ गते नै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो ।

पार्टीको हितविपरीत काम गरेको आरोप लगाउँदै उक्त पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले साधारण सदस्यसमेत नरहने गरी कट्टेललाई पार्टीबाट निकालिएको जानकारी दिएका हुन् ।

पार्टीले लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्ष तोकेको छ । उनी एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजकसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077