Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • मेलम्ची खानेपानी आयोजना : सिनो हाइड्रोसँगको सम्झौता असारसम्म थप, ३२ करोडको ठेक्का भेरिएसन

    मेलम्ची खानेपानी आयोजना : सिनो हाइड्रोसँगको सम्झौता असारसम्म थप, ३२ करोडको ठेक्का भेरिएसन

    बैशाखमा पानी काठमाडौं झार्ने योजना

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नयाँ वर्षमा मेलम्चीको पानी काठमाडौं झार्ने योजनासहित मेलम्ची खानेपानी विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँगको सम्झौता अवधि थप गरेको छ ।

    ठेक्काको मूल्य समायोजन (भेरिएसन) गर्दै समितिले सिनोलाई आयोजनाको हेडवर्क्सको काम सक्न २०७९ असार महिनासम्मको समय दिएको छ ।



    यद्यपी ठेकेदार कम्पनीलाई चैतको मध्यसम्म निर्माण सकेर सुरुङमा पानी भर्न थाल्ने गरी काम गर्न निदेशन दिइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासु पौडेलले बताएका छन् ।



    पौडेलका अनुसार नयाँ वर्षमा काठमाडौंमा पानी खसालेर वितरण थाल्ने योजना छ । सिनोले करिब ३२ करोड रुपैयाँ ठेक्काको भेरिएसनबापत पाउने भएको छ । आयोजनाले मन्त्रिपरिषदबाट ठेक्काको भेरिएसन गर्ने स्वीकति पाएको थियो ।

    कार्यकारी निर्देशक पौडेलका अनुसार पुस मसान्तमा बसेको मन्त्रिपरिषद बैठकले विशेष परिस्थितिको कारण देखाएर मेलम्चीको ठेक्काको अवधि र मूल्य थप्न दिने स्वीकृति दिएको थियो । त्यसअनुसार समितिले माघको पहिलो हप्तामै ठेक्का भेरिएसन स्वीकृत गरेर सिनोलाई साइटमा जान भनेको हो ।

    चालु आर्थिक वर्षको बजेट व्यक्तव्यमा सरकारले २०७९ को वैशाखसम्म बाढीग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाको काम सकेर काठमाडौंमा पुनः पानी ल्याउनले घोषणा गरेको थियो । तर, अहिलेसम्म आयोजनामा निर्माणको काम शुरु हुन सकेको छैन ।

    १ असार, २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि पहिल्यैको ठेकदार सिनोलाई काम दिने बाटो खोल्न समितिले सरकारसँग प्रस्ताव गरेको थियो ।

    करिब ३६ अर्ब रुपैयाँ लगानीमा बनेको आयोजनाले १५ चैत २०७७ देखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरिसकेको थियो । तर, सुरुङको सुपरीवेक्षण गर्न बन्द गरिएकै दिनमा मेलम्ची नदीमा १ असार, २०७८को बाढीले मेलम्चीको पानी थुनेर सुरुङमा हाल्न बनाइएको इन्टेक (मुहान) क्षेत्र तहसनहस बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार