Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माघ १७ गतेका लागि राष्ट्रिय सभा बैठक बोलाइयो

काठमाडौं । राष्ट्रिय सभाको बैठक आगामी माघ १७ सोमबार बोलाइएको छ।

संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बिहीबार एक सूचना प्रकाशित गर्दै माघ १७ गते सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन्।

यसअघि माघ २ मा सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो।

यसबीचमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित केही सांसद र संघीय संसद् सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो ।

अध्यक्ष तिमिल्सिना कोरोनामुक्त भएपछि बैठक आह्वान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077