Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विमानस्थलबाट ३० थान क्रिप्टोकरेन्सी डिभाइस बरामद, जफत गर्न सीआईबीको निर्देशन

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब १ महिनाअघि भन्सार कार्यालयले बरामद गरेको क्रिप्टोकरेन्सी डिभाइस ‘जफत’ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निर्देशन दिएको छ ।

सीआईबी स्रोतका अनुसार एक महिनाअघि हङकङबाट ल्याइएको डिभाइस शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेर सीआईबीलाई अनुसन्धान गरिदिन आग्रह गरेको थियो ।

अनुसन्धान गर्दा सो डिभाइस ‘क्रिप्टोकरेन्सीमा प्रयोग हुनसक्ने’ देखिएको सीआईबीको दाबी छ। स्रोतका अनुसार ‘डिभाइस के हो भन्नेबारेको अनुसन्धानपछि उक्त डिभाइस जफत गर्न राय सहितको प्रतिवेदन सीआईबीले बुझाइएको छ।

अनुसन्धानका क्रममा सो सफ्टवेयरले पासवर्डलाई सुरक्षित बनाउने सीआईबीको दाबी छ । पेनड्राइभ आकारका ती सफ्टवेयर भन्सार जाँच पासका क्रममा भेटिएपछि बरामद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077