Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

चीनमा उपचार गरेर स्वदेश फर्किए वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किएका छन् । केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले स्वागत गरेका छन् ।

चीनमा उपचार गरी आज स्वदेश फर्केका नेता पुनले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू महासचिवको स्वाभाविक दाबेदार भएको बताए ।

केन्द्रीय कमिटी र पार्टी अध्यक्षसमेत सहमतिमै छानिएकाले अब पदाधिकारीहरु पनि सहमतिमै छानिनुपर्ने उनले बताए । जन्डिसको समस्या आएपछि गत असोजमा बैंकक र त्यसपछि चीनमा उपचार गरेर पुन सोमबार काठमाडौँ फर्किएका हुन् ।

माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्यसमेत रहेका पुन हिमालयन एयरलाइन्सको कार्गो विमानमार्फत् नेपाल फर्किएको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

नेता पुनको साथमा उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी पनि साथमै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077