Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि सार्वजनिक यातायातमा झनै भिड बढ्यो

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि सार्वजनिक यातायातमा भने झनै भिड बढेको छ ।

विश्वभरि महामारीको रूप लिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम तथा नियन्त्रणका लागि सरकारले भिडभाड कम गर्न भन्दै उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । जोरबिजोर प्रणालीले सार्वजनिक यातायातमा भने झन् भिड बढेको यातायात व्यवसायी तथा यात्रुहरू बताउँछन् ।

सामान्यतयाः दिउँसोको समयमा भिडभाड नदेखिए पनि बिहान कार्यालय समय र साँझको समयमा सार्वजनिक यातायातमा यात्रुहरूको चाप धेरै देखिएको छ ।

सिट क्षमताभन्दा बढी यात्रु राखेमा कारबाही हुने भएकाले व्यवसायीले ट्राफिकको उपस्थिति न्यून नरहने ठाउँमा सिट क्षमताभन्दा बढी यात्रु राखे पनि ट्राफिक प्रहरीको उपस्थिति हुने मुख्य सडकमा भने कारबाहीको डरले सिट क्षमताभन्दा बढी यात्रु नराखेपछि यात्रुहरूले लामो समय सार्वजनिक बस कुरेर बसेको समेत पाइएको छ । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077