काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चिकित्सा शिक्षा आयोगको एमडी/एमएस प्रवेश परीक्षामा सहभागी हुन खोज्ने नक्कली प्ररीक्षार्थीसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने तीनै जना भारतीय नागरिक हुन् । जसमा भारत उत्तर प्रदेश गोण्डाका ३० वर्षीय जितेन्द्रकुमार मिश्र, भारत बिहार सिक्टाका ३४ वर्षीय शरिभूषण सिंह र भारत बिहार खगरियाका ३२ वर्षीय कृष्ण मुरारी रहेका छन्।
सिआईबी स्रोतका अनुसार उनीहरुलाई काठमाडौंको बिभिन्न ठाउँबाट पक्राउ गरिएको हो । पक्राउ गरिएकामध्ये मिश्र नक्कली परीक्षार्थी हुन् भने सिंह बिचौलीया हुन् । यस्तै, अर्का मुरारीमाथि भने परीक्षास्थलमा अमर्यादित गतिविधि गरेको आरोप रहेको सीआईबीको भनाइ छ।
पक्राउ परेकाहरूमाथि शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भइरहेको उक्त सीआईबीले जनाएको छ ।
Leave a Reply