Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्धन किनेको पैसा तिर्न सरकारले १ अर्ब ८० करोड दिने

काठमाडौं । भारतसँग पेट्रोलियम पदार्थ किनेको रकम तिर्न नेपाल आयल निगमलाई सरकारले १ अर्ब ८० करोड रुपैयाँ दिने भएको छ ।

आज शुक्रबार बसेको पेट्रोलियम पदार्थ मूल्य स्थिरिकरण कोषको बैठकले निगमलाई उक्त रकम दिने निर्णय गरेको हो ।

निगमले भारतीय आयल कर्पोरेसनलाई यहि जनवरी २३ मा १३ अर्ब रुपैयाँ तिर्न पर्ने बताएको छ ।

तर तेल बिक्रीबाट ११ अर्ब रुपैयाँ मात्रै संकलन भएको निगमका प्रवक्ता बिनिमणि उपाध्यायले बताएका छन् । तिर्नुपर्ने दोस्रो किस्ताका लागि अपुग रकम दिन सरकार तयार भएको निगमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077