Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुद्वारा प्रधानमन्त्री देउवाको पुत्ला दहन

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।

बिहीबार बिहान काठमाडौंस्थित अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् ।

विरोध प्रदर्शनमा विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय ३९ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसैगरी डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर समान १२२ रुपैयाँ पुगेको छ ।

[insert page='110352' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077