Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेट्रोलमा अझैँ १३ रुपैयाँ बढी घाटा रहेको निगमको दाबी, भन्यो- तेल किन्न ऋण लिनु पर्ने भयो

काठमाडौं । नेपाल आयल निगमले आफ्नो तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ ।

मंगलबार निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा सञ्चित मुनाफा रित्तिएको भन्दै तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘सञ्चित मुनाफा शून्यमा पुगेको कारण आगामी साता भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नु पर्ने २ अर्ब रकम समेत अपुग भएको र  तिर्न ऋण लिनु पर्ने अवस्था सिर्जना भएको छ ।’

यस्तै, पुस मसान्तम्म निगम १९ अर्ब २६ करोड घाटामा गएको र माघ एकमा निगमलाई भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमको विज्ञप्तिमा उल्लेख छ ।

अब, मूल्य समायोजन गर्दै जाँदा पनि मासिक ४ अर्ब नोक्सानीमा निगम पुग्ने देखिएको र देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाई राख्न करिब १२ अर्ब रुपैयाँ थप आवश्यक पर्ने निगमले जनाएको छ ।

हाल निगमलाई पेट्रोलमा १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्यास एक सिलिण्डरमा ६४६रुपैयाँ १६ पैसा घाटा रहेको निगमको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077