Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लिपुलेकमा सडक विस्तार गर्ने मोदीको घोषणामा सरकार मौन बस्नु शर्मनाक: विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभाबाट चीनको मानसरोवर जोड्न  बाटो चाैडा गर्ने घोषणाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाको अन्तर्राष्ट्रिय विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै मोदीको उक्त  घोषणाप्रति नेपाल सरकार मौन बस्नु देश र जनताका लागि शर्मनाकको विषय बनेको बताएको छ ।

'भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणाले हाम्रो पार्टीको ध्यानाकर्षण गरेको छ ,' विज्ञप्तिमा भनिएको छ।

साथै, साथै लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका जनताको जनगणना गर्नबाट भारतले रोकावट गर्नु नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप भएको विप्लवको भनाइ छ।

हेर्नुहोस् विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077