Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलको प्रश्न : ‘मोदीले लिपुलेकमा सडक बनाइरहेको छु भन्दा पनि सरकार किन मौन ?’

नेकपा एमालेका नेता भीम रावलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडक बनाइरहको छु भन्दा पनि सरकार किन नबोलेको भनेर प्रश्न गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नै पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली एमसीसीबारे वार्ता गर्ने तर आफ्नो देशको भूभाग अतिक्रमणमा परेकोबारे कुरा नगर्ने लज्जास्पद चरित्र भन्दै रावलले आक्रोश पोखेका छन्।

‘नेपालको लिपुलेकमा सडक अघि बढाउने भनी भारतीय प्रम नरेन्द्र मोदीको सार्वजनिक भनाइमा नेपाल सरकार किन मौन,’ आइतबार राति रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएका अकाट्य प्रमाण छन्। एमसीसी सम्झौताबारे देउवा–ओली वार्ता गर्ने तर देशको भूभाग अतिक्रमणमा परेकोबारे कुरा नगर्ने, लज्जास्पद चरित्र!’

नेपालसँग सीमा जोडिएको राज्य उत्तराखण्डको हल्द्वानीमा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले लिपुलेकमा एउटा सडक बनाएको र हाल उक्त सडक विस्तार गर्ने काम चलिरहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077