Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाँकेमा पात टिप्न जाँदा बाघको आक्रमणबाट फेरी एक महिलाको मृत्यु

काठमाडौं । बाँकेमा बाघको आक्रमणमा परी एक जना महिलाको ज्यान गएको छ । शनिबार बिहान ३३ वर्षीया चाँदनी थारू बाघको आक्रमणमा परेकी थिइन् ।

उनी राप्ती सोनारी गाउँपालिका–६ हब्रहवाकी हुन् । गाउँकै सदाबहार सामुदायिक वनमा उनी साथीहरूसहित सालको पात टिप्न गएकी थिइन् ।

तर, बाघको आक्रमणमा चाँदनी परेको र उनलाई आक्रमण गरेर बाघले लगेको सँगै गएका साथीहरूले प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय भगवानपुर र अस्थायी प्रहरी पोस्ट फत्तेपुरबाट प्रहरी टोली खटिएको थियो ।

टोलीले सोही जंगलमा चाँदनीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077