Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआईसी एसिया बैंकको रकम लुटपाटमा कर्मचारीकै संलग्नता, यसरी भएको थियो दिउँसै रकम लुट्ने योजना

काठमाडौं । गत पुष १८ गते एनआईसी एसिया बैंकको नयाँ बानेश्वर शाखाबाट भएको रकम लुटपाटमा बैंककै कर्मचारीको संलग्नता रहेको खुलेको छ ।

उक्त रकम लुटपाटमा बैंककै कर्मचारीको संलग्नता देखिएपछि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले आज कर्मचारीसहित चार जनालाई सार्वजनिक समेत गरेको छ।

पक्राउ पर्नेहरुमा एनआईसी एसिया बैंकको नयाँ बानेश्वरस्थित शाखाका कर्मचारी प्रदीप खत्री, अनिश खड्का, विमल तामाङ र शक्ति पौडेल रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका खत्री होम सर्भिस कर्मचारी हुन् । उनकै योजनामा पैसा लुटपाट गरिएको अनुसन्धानमा खुल्न आएको प्रहरीको दाबी छ ।

कसरी भएको थियो योजना ?

पुष १८ गते आइतबार दिउँसो करिब३ बजे बैंकका कर्मचारी प्रदीप खत्री र आरुसी भण्डारी काठमाडौँ महानगरको १० नम्बर वडा कार्यालय र मेटलाइफ इन्स्योरेन्समा गएर रकम बुझेका थिए ।

त्यहाँबाट रकम लिएर बैंकतर्फ आउँदै गर्दा नयाँ बानेश्वर पुगेपछि खत्रीले मोटरसाइकलको पेट्रोल सकिएको आरुसीलाई बताए । सोही समयमा हाल पक्राउ परेका (खड्का, तामाङ र पौडेल) तीनै जना आएर रकम लिएर गएका थिए ।

प्रहरीका अनुसार कर्मचारी खत्री र तामाङ पूर्वचिनजानकै व्यक्ति हुन् । तामाङ एउटा स्कुटर सोरुममा चालकको रुपमा कार्यरत रहेको पनि प्रहरीको भनाइ छ।

पहिलेदेखि नै चिनजान रहेका उनीहरुले लुटपाट गर्ने योजना पनि पहिलेदेखिने बनाएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077