Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । बाघको आक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ ।

राप्तीसोनारी–४ पर्सोना गाउँकी ५२ वर्षीया लीला विष्टको बिहीबार घाँस काट्न जंगल गएको बेला बाघको आक्रमणबाट मृत्यु भएको हो ।

स्थानीय ३ जना महिलासँगै घाँस काट्न गएको बेला जलहन सामुदायिक बनको तीन पाने स्थानमा बाघले विष्टमाथि आक्रमण गरेको हो ।

इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोली र सयौँको संख्यामा गएका स्थानीय बासिन्दाले बाघले महिलाको रगत चुस्दै गरेको अवस्थामा शव फेला पारेका थिए ।

बाघले मान्छेलाई देखेर पनि शवलाई नछोडेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले भने एक राउन्ड प्रहार गर्दा झम्टिन खोजेपछि दोस्रो राउन्ड गोली प्रहार गर्दा बाघ भागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077