Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललिता निवास प्रकरण: व्यक्तिका नाममा जग्गा हत्याइएको निष्कर्षसहित सीआईबीले बुझायो प्रतिवेदन

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।

स्रोतका अनुसार बिहीबार मध्यान्ह सीआईबीले अनुसन्धानपछिको रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

सीआईबीले लिखतसम्बन्धी कसुरमा दुई वर्ष लामो अनुसन्धान सकेर फाइल बुझाइए प्रतिवेदनमा चार पटकमा गरेर सरकारी जग्गा व्यक्तिको नाममा बेचबिखन गरेको पाइएको स्रोतको दाबी छ ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउनेदेखि गुठीमा समेत ल्याएर हत्याउने खेल चार चरणमा पूरा गरेको सीआईबीको निष्कर्ष छ। सीआईबी स्रोतका अनुसार २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक सरकारी जग्गालाई व्यक्ति र गुठीको नाममा ल्याएर हत्याइएको खुलेको हो।

उक्त प्रकरणमा सीआईबीले तीन सयभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिस समेत गरेको बताईएको छ । तिनमा तत्कालीन सरकारी कर्मचारी र अन्य रहेका छन् ।

यसअघि बुधबार सीआईबीले ललितानिवास जग्गा प्रकरणमा ३ सय जना भन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको जनाएको थियो । जसमा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिवद्वय छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायत छन्।

उक्त प्रकारणमा मुख्य बिचौलियाको आरोप लागेका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई सीआईबीले यसअघि नै पक्राउ गरेको थियो ।अभियुक्तमध्ये ढकाल डिल्लीबजार कारागारमा छन् भने सुबेदी दम्पती अहिले सीआईबीको अनुसन्धानमै रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077