Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोदीको गाडी रोकिएको बिषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

नयाँ दिल्ली । भारतस्थित पञ्जाब सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गाडीलाई पञ्जाबमा रोकेको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

यस सम्बन्धमा मुख्यमन्त्रीको कार्यालयले पञ्जाब सरकारले छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको जनाएको छ।

एक आधिकारिक प्रवक्ताका अनुसार समितिमा सेवानिवृत्त न्यायमूर्ति मेहताब सिंह र न्यायमूर्ति अनुराग वर्मा, प्रधान सचिव, गृह मामिला मन्त्रालय समावेश हुनेछ । समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउने छ ।

प्रधानमन्त्री  मोदी बुधबार पञ्जाबको फिरोजपुरमा एउटा र्‍यालीमा सहभागी हुन सडकबाट जाँदै थिए । बाटोमा सडक आन्दोलनका कारण उनको काफिले करिब २० मिनेट पुलमै रोकिनुपरेको थियो । त्यसपछि उनी विमानस्थल फर्किए । गृह मन्त्रालयले यसलाई सुरक्षा कमजोरी भनेको छ ।

यस विषयमा पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चान्नीले भने, 'प्रधानमन्त्रीको फिर्ता भएकोमा म माफी चाहन्छु। केही मानिसहरू अचानक त्यहाँ विरोध प्रदर्शन गर्न गएका थिए। यदि यसमा कुनै षड्यन्त्र छ भने, म सम्पूर्ण मामिलाको छानबिन गर्नेछु।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077