Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टर्कीका राष्ट्रपतिले साउदी अरबको भ्रमण गर्ने, पश्चिम एसियामा हलचल

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अर्को महिना साउदी अरबको भ्रमण गर्ने घोषणा गरेका छन् । टर्की र साउदी अरबबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा तनावपूर्ण बन्दै गएको छ।

रिपोर्टका अनुसार एर्दोगानले अर्को महिना संयुक्त अरब इमिरेट्सको पनि भ्रमण गर्ने योजना बनाएका हुन् । एर्दोगानले अब खाडी देशहरुसँगको सम्बन्धमा रहेको तिक्तता अन्त्य गर्ने रणनीतिमा काम गरिरहेको बताइएको छ ।

भ्रमणबाट एर्दोगानले साउदी अरेबियाबाट निर्यात बढाउन चाहेको संकेत गरेका छन् । साउदी अरेबियाको प्रो-अशरक समाचार र अन्य अरब मिडिया आउटलेटहरूले एर्दोगानको साउदी अरब प्रस्थानको घोषणाको भिडियोलाई प्रमुख रूपमा साझा गरेका छन्। एर्दोआनले जनवरी ३ मा इस्तानबुलमा यो घोषणा गरेका हुन् ।

साउदी अरेबियाले यस भ्रमणको बारेमा कुनै आधिकारिक बयान जारी गरेको छैन । तर, एर्दोआनको घोषणाको कभरेज साउदी अरेबियाका मिडियामा प्रमुख भएको छ। ओकाज र अल-मर्सदले एर्दोआनको घोषणामा ठूलो ध्यान दिएका छन् ।

एर्दोगानले साउदी नेतृत्वसँगको भेटले यस क्षेत्रमा साउदीको प्रभाव झल्काएको भन्दै केही राष्ट्रवादीहरूले साउदी अरेबियाको आलोचना पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077