Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीआईबीले विशेष अदालतलाई पत्र लेख्दै भन्यो- मुख्य बिचौलिया सुवेदी दम्पतीलाई अदालत पेस गर्ने कि नगर्ने ?

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणका मुख्य बिचौलिया रामकुमार सुवेदी र उनकी श्रीमती माधवीबारे विशेष अदालतलाई पत्र लेखेको छ।

स्रोतका अनुसार सीआईबीले अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दामा उनीहरुलाई अदालतमा पेस गर्नुपर्ने वा नपर्ने, थुनामा राखेर थप अनुसन्धान गर्नुपर्ने वा नपर्नेबारे जानकारी माग गर्दै पत्र लेखेको हो।

यसअघि गत पुष ६ गते मंगलबार साँझ स्वयम्भुबाट पक्राउ परेका दम्पतीमाथि जिल्ला अदालत काठमाडौँले ७ पुषमा पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

उक्त जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकारी सुवर्णशमशेरका नातेदारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदी बिचौलियाको भूमिकामा रहेको अनुसन्धानमा खुलेको सीआईबीको दाबी छ।

यसअघि चार वटा सरकारको पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भुमाफियासँग मिलेर १३६ रोपनी भन्दा बढी जग्गा हडपिएको अनुसन्धानले पुष्टि गरेपनि उनीहरु हालसम्म फरार थिए ।

उक्त प्रक्ररणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते सुवेदी दम्पतीसहित ११० जनाविरुद्ध बिगो कैदसहित हडपिएको जग्गा फिर्ताको माग दाबीसहित विषेश अदातलमा मुद्दा दायर गरेको थियो ।


यो मुद्दाको आगामी पुस २७ गतेसम्म मात्र हदम्याद छ । पक्राउ परेका सुवेदीसहित सीआईबीले करिब ४ सय जनाविरुद्ध प्रतिवादी बनाएर मुद्दा दायर गर्ने तयारी गरेको सीआईबी स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077