Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

माओवादी केन्द्रीय समितिको अर्को बैठक आइतबार, भोलि वर्षमान पनि फर्किदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको छ ।

सोमबार ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चयन गरेपछि सकिएको हो ।

यसका साथै, माओवादीको अर्को केन्द्रीय समिति बैठक आगामी पुस २५ गते बस्ने बताइएको छ, उक्त बैठकले पदाधिकारी र बाँकी रहेका केन्द्रीय सदस्य चयन गर्ने माओवादीले जनाएको छ ।

बैठकपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले स्वास्थ्य उपचारका क्रममा चीनमा रहेका वर्षमान पुन र ओनसरी घर्तीमगर पनि भोलि नेपाल आउने र सबैको सल्लाहम पदाधिकारी चयन गरिने बताए ।

नेता पुन बंगाणुगत जण्डिस रोगका कारण चीनको सेनजेनमा उपचार गराइरहेका छन् । यद्यपि पुनको सचिवालयका अनुसार पछिल्लो समय उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077