Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआईसी एशियाको 'सर्वश्रेष्ठ बचत खाता' का २४ फाइदाहरु

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’मा सर्वश्रेष्ठ ब्याजदर, सर्वश्रेष्ठ बीमा सुविधा, सर्वश्रेष्ठ कर्जा सुविधालगायत २४ वटा सर्वश्रेष्ठ फाइदाहरू रहेका छन् ।

मुद्दती खाताहरू समेत समेटिएको सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता खातामा ग्राहक महानुभावहरूलाई बैंक तथा वित्तीय संस्थाहरूमै सर्वाधिक धेरै ब्याजदरसुविधा मात्रै नभई बीमातर्फ ३ वटा फाइदाहरू, कर्जातर्फ ३ वटा फाइदाहरू र १८ अन्य अतुलनीयफाइदाहरू गरी कुल २४ वटा सर्वश्रेष्ठ फाइदाहरू समेटिएको छ ।

उच्च प्रतिफलको साथमा ३ बीमा सम्बन्धी सुरक्षाका फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ अन्य अतुलनीय फाइदाहरू प्रदान गरिएको बैंकले जनाएको छ ।

जसमध्ये २१ लाखसम्मको ३ प्रकारका बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेटिएका छन् ।

त्यस्तै ३ कर्जा सम्बन्धी फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेटिएको बैंकले जनाएको छ ।

बीमा तथा कर्जा सम्बन्धी सर्वाधिक फाइदाहरूका साथसाथै १८ अन्य सर्वाधिक फाइदाहरू अन्तर्गत ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग सुविधा, ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा शतप्रतिशत छुट सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने लगायतका फाइदाहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077